अध्यक्ष कप फुटबल : आयोजकलाई हराउँदै गोल्डेन स्टार सेमिफाइनलमा

<span class='c1'>अध्यक्ष कप फुटबल : आयोजकलाई</span> <span class='c2'>हराउँदै गोल्डेन स्टार सेमिफाइनलमा</span>

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार नडियाटोकको खेल मैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक दिप ज्योति युवा क्लब, लखन्तरी, मोरङलाई २-१ गोल अन्तरले पराजित गर्दै गोल्डेन स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

गोल्डेन स्टारको जितमा दुबै गोल शुभम गच्छदारले गरे । आयोजकका लागि असिम राईले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच गोल्डेन स्टारका दुई गोलकर्ता शुभम गच्छदार घोषित भए । नगद १ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।


प्रतियोगिता अन्तर्गत मंगलबार हुने पहिलो सेमिफाइनल खेल चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ र जिल्ला प्रहरी कार्यालय, विराटनगर, मोरङबीच हुनेछ ।

दिप ज्योति युवा क्लब, ग्रामथान-१, लखन्तरी, मोरङको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयोगमा जारी प्रतियोगितामा ८ टोलिले भाग लिएका छन् । प्रतियोतिगाको विजेताले नगद ५१ हजार र उप विजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्