विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

<span class='c1'>विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ</span> <span class='c2'>२५ गतेसम्मका लागि स्थगित</span>

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज(मंगलबार)पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीले बिना तथ्य अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने अडानसमेत राखेका छन् ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि बैठक सञ्चालन हुन सकेन ।

सभामुखको आसन नजिकै पुगेर सांसदहरूले नाराबाजी गरेका थिए । अवरोधका कारण बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्