दिल्लीमा रवि लामिछानेको दौडधुप

<span class='c1'>दिल्लीमा रवि</span> <span class='c2'>लामिछानेको दौडधुप</span>

काठमाडौं । भारत भ्रमणमा रहेके रास्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल राजनीतिक भेटघाटमा व्यस्त छ ।

मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशङ्करबीचको भेटवार्ता भाजपा कार्यालयमै निर्धारण भएको पनि जनाइएको छ । अनुकुल मिलेको खण्डमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ। मंगलबार नै भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता भएको थियो । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनलाई भेटेका हुन्।

भेटमा नेपाल–भारत सम्बन्धलाई अभिवृद्धि गर्ने, दुई छिमेकी देशहरूबीच सहयोगका क्षेत्रहरूको अन्वेषण गर्ने र राजनीतिक संवादलाई सुदृढ पार्ने विषयमा कुराकानी भएको थियो। रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिले नेपालमा चर्को आलोचना खेपिरहेका बेला लामिछानेको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। भारत भ्रमणमा रहँदा लामिछानेको टोली अयोध्या भ्रमणमा जाने साथै नेपाली समूदायसँग भेटघाट गर्ने पनि तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्