एक रातमा भयाे विराटनगरकाे चार घरमा चाेरी

<span class='c1'>एक रातमा भयाे विराटनगरकाे</span> <span class='c2'>चार घरमा चाेरी</span>

विराटनगरमा एकै रात चार घरमा चाेरी भएकाे छ । बुधबार राती विराटनगर वार्ड नम्बर ४ र ५ का चार घरमा चाेरी भएकाे हाे । यसरी विराटनगर वार्ड नम्बर ४ का प्रकाश पाेद्दार, ललित कार्की , विराटनगर ५ का जयनाथ यादव र रामसागर राउतकाे घरमा एकै रात चाेरी भएकाे हाे । पाेद्दारकाे घरबाट १५ हजार रूपैयाँ नगर र चाँदीका गरगहना चाेरी भएकाे माेरङ प्रहरीले जनाएकाे छ । यसै गरि कार्कीकाे घरबाटएक लाख रूपैयाँ नगदसहिद सुनचाँदीका गरगहना, यादवकाे घरबाट डेढ ताेला सुन र ३० ताेला चाँदी चाेरी भएकाे हाे । राउतकाे घरमा काेहि नभएकाले कति चाेरी भयाे भन्ने यकिन अझै हुन नसकेकाे प्रहरीले बताएकाे छ ।

जामुन गाछीमा विहान साढे २ बजेसम्म प्रहरीले गस्ती गरिरहेका कारण त्यस पछि घटना भएकाे हुन सक्ने अनुमान गरिएकाे माेरङ प्रहरीका प्रवक्ता डिएसपी याेगेन्द्रसिंह थापाले बताए । हालसम्म चाेरहरूकाे पहिचान हुन नसकेकाे भएपनि घटनाकाे अनुसन्धान जारी रहेकाे खबर अाजकाे जनविद्राेह दैनिकले छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्