अध्यक्ष कप फुटबल : प्रहरीलाई हराउँदै चौधरी चौक फाइनलमा

<span class='c1'>अध्यक्ष कप फुटबल : प्रहरीलाई</span> <span class='c2'>हराउँदै चौधरी चौक फाइनलमा</span>

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार नडियाटोकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय, विराटनगर, मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै चौधरी चौक उपाधि नजिक पुगेको हो ।


चौधरी चौकको जितमा दुबै गोल हरि खवासले गरे । हरि नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने दोस्रो सेमिफाइनल खेल गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी र हात्तिमुढा स्पोर्टिङ एकेडेमी, हात्तिमुढा, मोरङबीच हुनेछ ।

दिप ज्योति युवा क्लब, ग्रामथान-१, लखन्तरी, मोरङको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयोगमा जारी प्रतियोगितामा ८ टोलिले भाग लिएका छन् । प्रतियोतिगाको विजेताले नगद ५१ हजार र उप विजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्