कमेडियन सन्दिप छेत्रीको मोटिभेशन सेशन इटहरी र बिर्तामोडमा हुँदै

<span class='c1'>कमेडियन सन्दिप छेत्रीको मोटिभेशन सेशन</span> <span class='c2'>इटहरी र बिर्तामोडमा हुँदै</span>

विराटनगर , कमेडियन तथा मोटिभेशनल स्पिकर सन्दिप छेत्रीले सुनसरीको इटहरी र झापाको बिर्तामोडमा विशेष मोटिभेशन सेशन दिने भएका छन्।

मकालु मिडिया नेटवर्कको आयोजनामा हुन लागेको उक्त कार्यक्रम जेठ २१ गते बिर्तामोड र जेठ २२ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा दिउँसो २ बजे आयोजना हुने भएको हो।

हास्य र प्रेरणाको मिश्रणमार्फत दर्शकलाई ऊर्जा र सकारात्मक सोच दिने उद्देश्यले कार्यक्रम देशका विभिन्न सहरमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

सन्दिप छेत्रीको प्रस्तुतिमा हुने यस सेशनमा युवा, विद्यार्थी तथा विभिन्न क्षेत्रका सहभागीलाई लक्षित गर्दै जीवनमा सकारात्मक सोच, आत्मविश्वास र प्रेरणात्मक सन्देशहरू प्रदान गरिनेछ। कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्