कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

<span class='c1'>कुशल भुर्तेल द्वारा टि–२०</span> <span class='c2'>आईमा लागातार दोस्रो शतक</span>

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन् । मलेसियाविरुद्धको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गर्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले आक्रामक शैलीमा खेल्दै ५४ बलमा १२६ रन बनाएर आउट भए ।

उनको इनिङ्समा चौका र छक्काको वर्षा देखिएको थियो । भुर्तेलको विस्फोटक ब्याटिङका कारण नेपालले ठूलो स्कोरतर्फ अग्रसरता लिएको थियो । यो समाचार तयार पार्दा सम्म नेपालले १८.३ ओभरको् समाप्तीमा ५ विकेट गुमाएर २६२ रन बनाएर खेलीरहेको छ । यसअघि उनले चीनविरुद्धको खेलमा पनि केवल ३५ बलमा शतक प्रहार गरेका थिए । लगातार दुई खेलमा शतक बनाउने क्रममा उनले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्