ओभरलोड व्यवस्थापन गर्न विराटनगरमा बिद्युत सव–स्टेशन थप्न प्रस्ताव

<span class='c1'>ओभरलोड व्यवस्थापन गर्न विराटनगरमा</span> <span class='c2'>बिद्युत सव–स्टेशन थप्न प्रस्ताव</span>

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गत थप एक स्थानमा सव–स्टेशन थप्न प्रस्ताव गरिएको । अहिले चारवटा सव–स्टेशनबाट बिद्युत आपूर्तिको व्यवस्थापन हुँदै आएको छ । तर बारम्बार सर्किट ओभरलोड हुँदा व्यवस्थापन असजिलो परेको भन्दै वितरण केन्द्रले अर्को सव–स्टेशनको आवश्यकता महसुश गरेर प्रस्तावको रुपमा छलफल अगाडी बढाएको हो ।

हाल टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरीमा अहिले सव–स्टेशन रहेका छन् । यीमध्ये टंकी र रानीको सव–स्टेशनबाट विराटनगरमा बिद्युत आपूर्ति व्यवस्थापन हुँदै आएको छ । जसमध्ये पनि बिजुली अफिस उत्तरको क्षेत्र टंकी सव–स्टेशन र दक्षिणको क्षेत्रमा रानी सव–स्टेशनबाट आपूर्ति प्रणाली व्यवस्थापन गरिदैं आएको हो ।

नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रामउद्गार साहका अनुसार अहिले टंकी सव–स्टेशनको क्षमता १६÷२४ बाट २४÷२४ एमभीएको पावर ट्रान्सफर्मरमा स्तरोन्नती गरिएको छ । त्यस्तै रानीमा समेत २४÷२४ एमभीएका ट्रान्सफर्मर रहेका छन् । त्यस बाहेक बाँसबारी र कटहरीमा पनि २४÷२४ एमभीएका ट्रान्सफर्मर रहेका छन् । तर, विराटनगरमा आपूर्ति प्रणाली व्यवस्थापन गर्ने टंकी र रानी सव–स्टेशनबाट मात्रै लोड व्यवस्थापन मिलाउन गाह्रो भइरहेको छ । त्यसैले टंकी र रानीको बीचमा पर्ने गरी अर्को सव–स्टेशन थप्नुपर्ने देखिएको हो ।

बहुतले भवन, पाँचतारे होटल, बिद्युत खपतमा फेरिदो उपभोक्ता बानी, त्यस बाहेक इभी सवारीदेखि सिटी सफारीसम्मका चार्जिङ्ग स्टेशन भएपछि लोड थाम्नै नसकेर बारम्बार समस्या हुँदै आएको हो । यसवर्ष सुखदुखले चलेपनि आउँदो वर्षदेखि अझै समस्या हुने संभावना बढ्दै गएको छ । त्यसका लागि पनि सव–स्टेशन स्थापना गरेर त्यहाँबाट लोड व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता देखाइएको हो ।

पछिल्ला तीनवर्षमा मात्रै पाँच हजार उपभोक्ता विराटनगर महानगरपालिकामा थपिएका छन् । २०८१ असारमा ८५ हजार २५६ ग्राहक रहेकोमा २०८२ असारमा पुग्दा ८८ हजार ९५ र चालु आर्थिक वर्षको जेठसम्ममा ९० हजार ३०० पुगेका छन् । गर्मी बढेसँगै विराटनगरमा दैनिक ९० मेघावाट बिद्युतको ‘पिक डिमाण्ड’ पुगेको छ । सामान्यतया विराटनगर महानगरपालिका क्षेत्रमा ६० मेघावाट बिद्युतको माग हुन्थ्यो । पछिल्लो समय खपत बढेर ९० मेघावाट पुगेपछि ट्रान्सफर्मरमा बारम्बार अन्ब्यालेन्सको समस्या देखा पर्न थालेको हो । यति मात्रै नभई जाडोमा समेत माग बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्