विराटनगरको मेरिल्याण्ड कलेजमा नयाँ विद्यार्थीहरुलाई भव्य स्वागत

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजमा नयाँ</span> <span class='c2'>विद्यार्थीहरुलाई भव्य स्वागत</span>

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि बिहीबार भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजले यस शैक्षिक सत्रमा नयाँ भर्ना भएका ७८३ जना विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक भविष्य र कलेजको वातावरणबारे जानकारी गराएको हो ।

विराटनगरमा सिटी प्यालेसमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका पाँच उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा तल्हा खा, सुरज कुमार यादव, प्रेना प्रियम मेहता, सुदिक्षा झा र धैर्य जैन रहेका छन् । उनीहरूलाई कार्यक्रमका विशेष अतिथि एवं चर्चित हास्यकलाकार मनोज गजुरेलले सम्मान पत्र खदा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले अहिलेको समसायिक विषयमा हास्यव्याङ्ग र विद्यार्थीहरुलाई उत्प्रेरणामूलक ज्ञान प्रदान गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद ढुंगेलले बदलिँदो समयअनुसारको शिक्षामा जोड दिए । भर्ना भएका विद्यार्थीहरुलाई आगामी २ बर्ष सम्मको लागि पढाईमा ध्यान दिन आग्रह गरे ।


कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्डले सधैं गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको र त्यसकै जगमा कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरे । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कलेजले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे । कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निर्देशक भेषराज पोखरेलले गरेका थिए । औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुतिहरू दिएर समारोहलाई थप उत्साहजनक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्