मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट २ जना नियन्त्रणमा

<span class='c1'>मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित</span> <span class='c2'>मोरङबाट २ जना नियन्त्रणमा</span>

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोक क्षेत्रबाट प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा केशव श्रेष्ठको शरीरभित्र लुकाइ राखिएको प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ।

त्यस्तै, निश्चल गुरुङको शरीरभित्रबाट प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

बरामद पदार्थ ब्राउन सुगर भएको आशंकामा दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्