कोशी अस्पताल विराटनगरको जग्गा सीमा यकिन सुरु, नाँपजाँच प्रतिवेदन आए लगतै खाली

<span class='c1'>कोशी अस्पताल विराटनगरको जग्गा सीमा यकिन</span> <span class='c2'>सुरु, नाँपजाँच प्रतिवेदन आए लगतै खाली</span>

विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले बनाएका अनाधिकृत संरचना हटाउने अभियान अन्तर्गत अब कोशी अस्पताल विराटनगरको अतिक्रमित जग्गा खोज्ने काम थालिएको छ ।
सरकारले देशभर सरकारी रुपमा जसको स्वामित्व उसैको जग्गा हुनुपर्ने अभियान चलाईरहँदा कोशी अस्पताल विराटनगरको जग्गामा भने हालिमुहाली हुँदै आएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय नै गरेर परिपत्र जारी गरेपछि अब जग्गा खाली हुनेमा विश्वास बढेको छ । त्यसै अनुरुप आइतबार कोशी अस्पताल विराटनगरको जग्गा सीमा यकिनको काम थालिएको छ । स्थानीय प्रशासन र प्रहरीको उपस्थितिमा मालपोतको स्रेताका आधारमा नापी कार्यालयले जग्गाको सीमा यकिन गर्ने काम थालेको हो ।

कोशी अस्पताल विरा्टनगरको जमिन विभिन्न संस्थाले हडपेर संरचना बनाएका छन् । अस्पतालको जग्गामा संरचना बनाएर भाडा लगाउने र मासिक लाखौं रकम असुली गरिरहेका छन् । अस्पतालको जग्गा गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले ओगटेर पक्की संरचना बनाएको अहिलेसम्म आरोप छ ।
क्षयरोग संस्थाले ६ कट्ठा ८ धुर, गणेश मन्दिरले २ कट्ठा, देवकोटा पुस्तकालयले २ कट्ठा १० धुर, रेडक्रस सोसाइटीले २ कट्ठाभन्दा बढी जग्गा ओगट्दै आएको छ । अस्पतालको जग्गामा ती संस्थाले पक्की भवन बनाएर ३० जनाभन्दा बढीलाई भाडामा दिएको आरोप छ । अस्पतालको जग्गामा संरचना बनाएर भाडा बापत मात्रै क्षयरोगले मासिक २ लाख रुपैयाँभन्दा बढी उठाउँदै आएको छ । अस्पताल विकास समितिका पूर्व सदस्य मुकेश बुढाथोकीका अनुसार गणेश मन्दिरले भाडाबापत मासिक १ लाख ६० हजार रुपैयाँभन्दा बढी असुली गरिरहेको छ। रेडक्रसले संरचना बनाएर वाणिज्य बैङ्कदेखि विभिन्न पसललाई भाडामा लगाउँदै करिब १ लाख ५० हजार आम्दानी गर्ने गरेको छ। देवकोटा पुस्तकालयले विभिन्न पसललाई कोठा भाडामा दिएको छ।

भाडामा दिएको मात्रै हैन, भाडामा समेत भ्रष्टचार भएको आरोप समेत लाग्दै आएको छ । अस्पताल चौकमा भाडामा सटर पाउनै मुस्किल पर्छ । तर, यी संस्थाले देखाउने एउटा र लिने भाडा अर्कै गरेर भ्रष्टचार गरेको आरोप समेत लाग्ने गरेको छ । यस अगाडी अस्पतालको इमरजेन्सी, आईसीयू र ट्रमा सेन्टर निर्माणको बेला उक्त जमिन खोजिएको थियो । अस्पतालले आफ्नो जमिन खोजी गर्ने क्रममा तीनवटा संस्थाले भोगचलन गरिरहेको पाइएपछि हट्न आग्रह गरेको थियो ।

२०७६ यता कोशी अस्पतालले उक्त जमिन फिर्ता दिन भनिरहेको छ । तर, यी संस्था पहुँचको दवाव देखाएर अस्पताल प्रशासनलाई नै थर्काउँदै आएका छन् । अस्पताल विकास समितिका पूर्व सदस्य बुढाथोकीका अनुसार २०८० सालमा जग्गा खाली गराउने अन्तिम तयारीमा जुटिरहेका बेला त्यसलाई असफल बनाइयो ।
हुन चाँहि क्षयरोगले २०१६ सालमा बनाएको भवनमा कार्यालयसहित अन्य केहि व्यवसायिक प्रयोजनका लागि भाडामा लगाएको छ । रेडक्रसले भने भवन बनाएर वाणिज्य ब्यांकलाई भाडामा दिएको छ । अस्पतालले बारम्बार आफ्नो जमिन मागिरहेको भएपनि अहिलेसम्म पाउन सकेको छैन । अस्पतालको नाममा रहेको ५ बिघा ८ कट्ठा जमिन भित्रै यी संस्थाहरू रहेका छन् ।
कोशी अस्पतालका सूचना अधिकारी गजेन्द्रप्रसाद यादवले मन्त्रालयको निर्देशन अनुसार जग्गाका सीमा यकिन गर्ने काम आइतबारबाट सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार यो काम सम्बन्धित कार्यालयहरुले सकाएपछि त्यसको प्रतिवेदन प्राप्त हुनेछ । प्रतिवेदनका आधारमा कार्यन्वयन प्रक्रिया बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्