नोबेल मेडिकलको सहयोगमा रंगेलीमा स्त्रीरोग स्वास्थ्य शिविर

<span class='c1'>नोबेल मेडिकलको सहयोगमा रंगेलीमा</span> <span class='c2'>स्त्रीरोग स्वास्थ्य शिविर</span>

विराटनगर । मोरङको रंगेली–२ भलुवा मंगलबारेस्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविरबाट सयौं महिलाले लाभ लिएका छन्।

श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल, जिल्ला शाखा मोरङको आयोजनामा तथा नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा १५१ महिलाले प्रसूति तथा स्त्रीरोग विशेषज्ञबाट स्वास्थ्य परामर्श प्राप्त गरेका थिए।


त्यसैगरी १३० जनाले भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा, ९५ जनाले प्रयोगशाला परीक्षण तथा ७ जनाले पाठेघरको मुखको क्यान्सर पहिचानका लागि प्याप स्मियर जाँच गराएका थिए। महिलाको स्वास्थ्य सचेतना अभिवृद्धि र समयमै रोग पहिचान गर्ने उद्देश्यले आयोजित शिविरले स्थानीय महिलालाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा महत्वपूर्ण सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्