मोरङ कटहरीमा रहेको जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा प्रवेश

<span class='c1'>मोरङ कटहरीमा रहेको जीवन विकास</span> <span class='c2'>सामुदायिक अस्पताल दोस्रो वर्षमा प्रवेश</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा हल्दिबारीमा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन दोस्रो वर्षमा प्रवेश गरेको छ ।
अस्पतालले आइतबार साँझ आफ्नो पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । एक वर्षअघि सञ्चालनमा आएको दुई सय बेडको जीवन विकास सामुदायिक अस्पतालले पूर्वी नेपालका साथै छिमेकी मुलुक भारतका बिरामीलाई समेत गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।


मोरङ क्षेत्र नम्बर ५ का पूर्वप्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलको अग्रसरतामा आम नागरिकलाई सहज स्वास्थ्य पहुँच पुर्‍याउने उद्देश्यले स्थापना भएको अस्पतालले आफ्नो सेवालाई विस्तार गरिरहेको छ ।


अस्पतालका अध्यक्ष एवं संस्थापक मण्डलले एक वर्षको अवधिमा अस्पतालले लक्ष्य अनुसारको प्रगति हासिल गरेको बताए । जीवन विकास सभाहलमा आयोजित कार्यक्रममा मण्डलले मुनाफा वितरण नगर्ने संस्थाका रुपमा सञ्चालित अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत स्वास्थ्य क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको बताएका छन् । अस्पतालको प्रवर्धक संस्था जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले अस्पतालको प्रगतिको प्रशंसा गर्दै अझै जनमैत्री सेवामा केन्द्रित हुन सुझाव दिइन् । अस्पतालका सञ्चालक सञ्जयकुमार मण्डलले जीवन विकास समाजले तीन दशकदेखि आर्जन गरेको सामाजिक छवीलाई स्वास्थ्य क्षेत्रमा पनि कायम राख्ने बताए ।


वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अस्पतालका संयोजक तेजस्वी मण्डलले ग्रामीण क्षेत्रका नागरिकका लागि अस्पताल भरोसाको केन्द्र बनेको बताए । स्थापनाको पहिलो वर्षमै अस्पतालले सिटिस्क्यान र एमआरआइ जस्ता अत्याधुनिक सेवा प्रवाह सुरु गरेको बताउँदै उनले अब छिट्टै मुटु रोग उपचारका लागि क्याथल्याब सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । वार्षिकोत्सव समारोहमा केक समेत काटेर सांस्कृति कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्