प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

<span class='c1'>प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन</span> <span class='c2'>भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारलाई संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न आग्रह गरेका छन् ।

आज रास्वपाले बालेलाएको सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताए । उनले भने, ‘संसदमा अहिले प्रतिपक्ष गणितका हिसाबले कमजोर छ र विकल्प पनि छैन । त्यसकारण हामी विकल्पहीन अवस्थामा छौँ । यस्तो अवस्थामा संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त र नियन्त्रण तथा सन्तुलनको व्यवस्थालाई भत्काउने खालका काम नहोस् ।’वैदेशिक सम्बन्धका विषयमा अपरिपक्व व्यवहार गर्न नगर्न आग्रह गदै उनले कूटनीतिक मामिलामा संयम र परिपक्वता आवश्यक रहेको बताए । ‘वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार देखाउन भएन । देश जित्नेको मात्र होइन हार्नेको पनि हो । सरकारले गर्ने गलत क्रियाकलाप सिकार सम्पूर्ण देशले बेहोर्न पर्ने हुन्छ । त्यसैले परिपक्व व्यवहार गरियोस्,’ उनले भने, ‘चाहो प्रधानमन्त्रीले सीमा सम्बन्धमा मन्तव्य होस् । रास्वपाका सभापति भारतमा गएर विगतको भारी बोक्दै नै भन्नु भएको कुरा होस् । त्यसले धेरै अर्थ राख्छ ।’

उनका अनुसार निर्वाचन जित्ने पक्षको मात्र नभई हार्ने पक्षको पनि देश भएकाले सबैको देशप्रति समान जिम्मेवारी हुन्छ । उनले प्रधानमन्त्रीका सीमा सम्बन्धी अभिव्यक्ति तथा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा विगतका विषय उठाएको प्रसंगतर्फ संकेत गर्दै यस्ता अभिव्यक्तिले कूटनीतिक र राजनीतिक रूपमा गम्भीर अर्थ राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्