लर्ड बुद्ध निकेतन स्कुलद्वारा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण

<span class='c1'>लर्ड बुद्ध निकेतन स्कुलद्वारा वृद्धाश्रममा</span> <span class='c2'>फलफूल तथा खाद्यान्न वितरण</span>

विराटनगर। विराटनगर–२, दुर्गा चोकस्थित लर्ड बुद्ध निकेतन स्कुलले सामाजिक उत्तरदायित्व तथा मानवीय मूल्यको विकास गर्ने उद्देश्यले आइतबार विराटनगर–८ मा रहेको बिराटेश्वर वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका कक्षा १ र २ मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई फलफूल तथा विभिन्न खाद्य सामग्री हस्तान्तरण गरेका थिए। विद्यार्थीहरूले वृद्धवृद्धासँग भेटघाट गर्दै सम्मान प्रकट गरेका थिए। कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष जगत अर्यालको प्रमुख उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै अध्यक्ष अर्यालले वृद्धाश्रममा हाल ७२ जना असहाय तथा आवश्यकतामा रहेका ज्येष्ठ नागरिकहरू आश्रित रहेको जानकारी दिए। उनले विद्यालयले सानै उमेरदेखि विद्यार्थीहरूमा सामाजिक सेवा, करुणा तथा मानवीय संवेदनाको भावना विकास गर्न गरेको प्रयास प्रशंसनीय रहेको बताए।

कार्यक्रममा विद्यालयका निर्देशक नेत्र पोखरेल, भाइस प्रिन्सिपल मनोज ओझा, शिक्षक–शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो। विद्यालयले बालबालिकालाई शैक्षिक ज्ञानसँगै सामाजिक मूल्य, मान्यता, अनुशासन तथा सेवाभावको शिक्षा प्रदान गर्दै आएको जनाएको छ। विद्यालयले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्