विराटनगर महानगरमा आए नयाँ प्रशासकीय प्रमुख, मेयर कोइरालाद्वारा स्वागत

<span class='c1'>विराटनगर महानगरमा आए नयाँ प्रशासकीय</span> <span class='c2'>प्रमुख, मेयर कोइरालाद्वारा स्वागत</span>

विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जिम्मेवारीबाट सरुवा भई आएका शर्मा सोमबारदेखि औपचारिक रूपमा महानगरमा कार्यभार सम्हाल्न पुगेका हुन् ।

महानगरका मेयर नागेश कोइरालाले शर्मालाई स्वागत गर्दै अनुभवी र ऊर्जाशील प्रशासनिक नेतृत्वको आगमनले महानगरको विकास अभियानलाई थप गति मिल्ने विश्वास व्यक्त गरे । उनले सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, सुशासन सुदृढीकरण र विकास निर्माणका योजनालाई प्रभावकारी कार्यान्वयनमा प्रशासनिक नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताए । ‘विराटनगरले युवा र सक्षम प्रमुख प्रशासकीय अधिकृत पाएको छ,’ मेयर कोइरालाले भने, ‘महानगरको दीर्घकालीन विकास, पूर्वाधार विस्तार तथा नागरिकमैत्री सेवा प्रवाहमा उहाँको अनुभव महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौं ।’

कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई संस्थागत विकासको आधार माने । उनले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै परिपूरक रहेको उल्लेख गर्दै महानगरको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा प्रशासनिक दक्षता अभिवृद्धिका लागि पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्