मोरङको सुनवर्सीमा सशस्त्र प्रहरीको छापा : ठूलो परिमाणमा अवैध सामान बरामद

<span class='c1'>मोरङको सुनवर्सीमा सशस्त्र प्रहरीको छापा :</span> <span class='c2'>ठूलो परिमाणमा अवैध सामान बरामद</span>

विराटनगर। मोरङको सुनवर्सी नगरपालिका अन्तर्गत डाइनिया क्षेत्रमा सशस्त्र प्रहरी बलले गरेको विशेष छापामारी तथा अनुगमनका क्रममा ठूलो परिमाणमा विभिन्न उपभोग्य तथा किराना सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) मायागञ्जका प्रमुख डीएसपी गोविन्द पोखरेलको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा डाइनिया बजारस्थित व्यापारी वरुण साहको घर तथा पसलमा छापा मारेको हो।

छापामारीका क्रममा प्रहरीले २३ बोरा चिनी, ३ बोरा मटर, ८ कार्टुन ड्यु पेय पदार्थ, ३ बोरा खैनी, २ बोरा जिरा, ५ कार्टुन बिस्कुट, ५ कार्टुन लेज तथा ४ कार्टुन कुर्मुरे बरामद गरेको जनाएको छ।

त्यसैगरी सोही क्षेत्रमा रहेको विश्वराज राजपुतको पसलबाट पनि विभिन्न सामान बरामद गरिएको छ। सशस्त्र प्रहरीका अनुसार उक्त पसलबाट ५४ प्याकेट बिस्कुट, ६ कार्टुन तेल, ५ बोरा मसला धुलो, २ बोरा सर्फ, १२ कार्टुन रिफाइन तेल, १ सानो बोरा सुर्ती, १ बोरा कालो प्लास्टिक झोला तथा स्प्राइट, कोकलगायतका पेय पदार्थ नियन्त्रणमा लिइएको छ।


बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा ती सामान भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशंका गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार डाइनिया तथा आसपासका सीमावर्ती क्षेत्रहरूबाट पछिल्लो समय विभिन्न उपभोग्य सामग्रीको अवैध ओसारपसार बढ्दै गएको छ। सीमाक्षेत्रमा निगरानी कडा बनाइएपछि यस्ता अवैध गतिविधिविरुद्ध सुरक्षा निकायले अभियानलाई थप तीव्र बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्