विराटनगर विमानस्थमा १ सयको डेरी मिल्कलाई २ सय लिने पसललाई ३ लाख जरिवाना

<span class='c1'>विराटनगर विमानस्थमा १ सयको डेरी मिल्कलाई २</span> <span class='c2'>सय लिने पसललाई ३ लाख जरिवाना</span>

विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित चार वटा होटल तथा क्याफेलाई उपभोक्तासँग चर्को मूल्य असुलेको आरोपमा कारबाही गरिएको छ । बजार मूल्यभन्दा अत्यधिक बढी मूल्यमा खाद्य तथा पेय पदार्थ बिक्री गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले चारवटै व्यवसायलाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको छड्के अनुगमनका क्रममा विराटनगर विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटेलले रु १०० पर्ने डेरी मिल्क चकलेटलाई रु। २०० मा बिल काटेर बिक्री गरेको भेटिएको थियो । त्यसैगरी एयरपोर्टको क्यान्टिन कक्षमा सञ्चालित ग्यालेक्सी क्याफे एण्ड होटेल प्रालिले रु ५० पर्ने कोकाकोलालाई रु। १६० मा बिक्री गरेको पाइएको छ ।

यस्तै, विमानस्थल परिसरभित्र रहेको गरिमा क्याफेले रु ५० पर्ने कोकलाई रु ८० मा बिक्री गरेको तथा अनुकुल होटेल एन्ड भान्सा घरले रु ८ पर्ने चकलेटलाई रु। १७.६९मा बिल काटेर बिक्री गरेको अनुगमन टोलीले जनाएको छ । एमआरपीभन्दा अत्यधिक बढी मूल्यमा सामग्री बिक्री गरेको पाइएपछि चारवटै पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर कायम गर्दै सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम जनही रु ३ लाखका दरले जरिवाना गरिएको हो । चारवटै व्यवसायबाट कुल १२ लाख रुपैयाँ जरिवाना संकलन गरिएको जनाइएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेस बस्नेत, जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर बेनु कुमार कार्की, उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदी लगायत कर्मचारी तथा प्रहरीको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोईरालाले आम नागरिकबाट विमानस्थलभित्र सञ्चालित पसलहरूले चकर्के मूल्य असुलेको गुनासो लगातार आएपछि छड्के अनुगमन गरिएको जानकारी दिए । उहाँले उपभोक्तामाथि ठगी गर्ने र एमआरपीभन्दा बढी मूल्य लिने व्यवसायीलाई कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्