विराटनगरको हिमालय दर्शन कलेजमा २०७८ मा भर्ना भएका विद्यार्थी दीक्षित

<span class='c1'>विराटनगरको हिमालय दर्शन कलेजमा २०७८</span> <span class='c2'>मा भर्ना भएका विद्यार्थी दीक्षित</span>

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका ११४ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले मंगलबार एक विशेष समारोह आयोजना गरी २०७८ सालमा भर्नाका भएका बिएचएम, बीसीए ,बीआईएम र बीएससी सीएसआईटी तह पूरा गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।


दीक्षान्त समारोहका प्रमुख अतिथि प्रा.डा.अजय भट्टराईले दीक्षित विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको शुभकामना दिए । उनले वर्तमान समयमा सैद्धान्तिक ज्ञानसँगै रोजगारमुखी शिक्षा अपरिहार्य रहेको औंल्याए । अबको शिक्षा केवल प्रमाणपत्रका लागि मात्र नभई व्यवहारिक र रोजगारमुखी हुनुपर्छ,डा भ ट्टराईले भने, बजारको मागअनुसारको दक्ष जनशक्ति उत्पादनमा शैक्षिक संस्थाहरूले ध्यान दिनुपर्छ ।

कलेजका प्राचार्य भरत सापकोटाले हिमालय दर्शन कलेजले गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए । उनले कलेजले त्रिभुवन विश्वविद्यालयको निर्दिष्ट पाठ्यक्रमबाहेक अतिरिक्त सीपमूलक (नन–क्रेडिट) कक्षामा समेत ध्यान दिएकाले यहाँका विद्यार्थीहरू स्वदेश र विदेशमा प्रतिस्पर्धा गर्न सक्षम रहेको दाबी गरे । सापकोटाले भने,हामीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा मात्र सीमित राखेनौं, समाज र देशका लागि आवश्यक अब्बल सीप र नेतृत्व क्षमता पनि प्रदान गरेका छौं ।

कलेजका अध्यक्ष ज्ञानबहादुर खड्काले विद्यार्थीहरूलाई स्पष्ट सपना र लक्ष्य लिएर अघि बढ्न प्रेरित गर्दै सफलताको शुभकामना व्यक्त गरे । समारोहमा विभिन्न विधामा उत्कृष्ट अंक ल्याउने तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई कलेजका तर्फबाट सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा कलेजका सञ्चालकहरू शैलेन्द्र शिवाकोटी, लक्ष्मण ढकाल, डा.मनोज गुप्ता, नन्दकिशोर अग्रवाल, शंकर भट्टराई लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्