विराटनगरमा “भजन क्लब्बिङ कन्सर्ट” हुदै

<span class='c1'>विराटनगरमा “भजन क्लब्बिङ</span> <span class='c2'>कन्सर्ट”  हुदै</span>

विराटनगर । विराटनगरको जैन भवनमा यहि जेठ ३० गते शनिबार “भजन क्लब्बिङ कन्सर्ट” हुने भएको छ । ह्यासट्याग इभेन्टको आयोजना तथा विश्व हिन्दु परिषद् नेपालको सहकार्यमा आउने शनिबार साँझ भारतिय चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहले आफ्नो प्रस्तुति दिने जनाईएको छ ।

आयोजक टिमले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमलाई भव्य र सव्य बनाउनको लागि सबै कामहरु तयारी तिव्र बनाइएको जनाएको छ । कार्यक्रम हेर्नको लागि प्रवेश शुल्क ३०० देखि भिआईपी १ हजार सम्म रहेको ह्यासट्याग इभेन्टका अध्यक्ष कौशल अग्रवालले जानकारी दिए । कार्यक्रमको मुख्य उद्धेस्य नसा मुक्त युवा समाज निर्माणका लागि मोरङ जिल्लामा बालसंस्कार केन्द्र ट्यूसन सेन्टर सञ्चालन गर्ने र त्यसका लागि कोषमा आर्थिक रकम जम्मा गर्ने उद्देश्यका साथ “भजन क्लब्बिङ कन्सर्ट” आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्