विराटनगर । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले फुटबलप्रेमी ग्राहकहरूलाई लक्षित गर्दै फिफा विश्वकपका खेलहरू प्रत्यक्ष रूपमा हेर्न विशेष कुपन योजना सार्वजनिक गरेको छ।
विश्वकपको उत्साहलाई अझ रोमाञ्चक र सहज बनाउन कम्पनीले आफ्ना ग्राहकहरूका लागि विशेष कुपन उपलब्ध गराएको जनाएको छ। उक्त कुपनमार्फत ग्राहकहरूले टेलिभिजनमा विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारणमार्फत हेर्न सक्नेछन्।
भायनेटका अनुसार विराटनगरस्थित महेन्द्र चोक आउटलेट विश्वकप अवधिमा ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आज तथा आगामी शनिबार राति १२ बजेसम्म खुला रहनेछ। ग्राहकहरूले सो आउटलेटमा पुगेर आवश्यक कुपन खरिद गर्न सक्नेछन्।
कम्पनीले विश्वकपको माहोललाई थप उत्साहपूर्ण बनाउन तथा ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विशेष व्यवस्था गरिएको जनाएको छ। भायनेटले आफ्ना सेवाग्राहीलाई विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष आनन्द लिन यस अवसरको उपयोग गर्न आग्रह गरेको छ।