फिफा विश्वकप : युवा स्टारहरूको उदय र महान् हस्तीहरूको ‘लास्ट डान्स’

<span class='c1'>फिफा विश्वकप : युवा स्टारहरूको उदय</span> <span class='c2'>र महान् हस्तीहरूको ‘लास्ट डान्स’</span>

स्वस्तिका भटटराई
फुटबलको इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप २०२६ आजदेखि आधिकारिक रूपमा सुरु हुँदैछ । इतिहासमै पहिलो पटक तीनवटा राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यो विश्वकप जुलाई १९ सम्म चल्नेछ। प्रतियोगिताको भव्य उद्घाटन खेल मेक्सिकोको ऐतिहासिक एस्टाडियो एज्टेका रंगशालामा हुँदैछ भने, विश्वकपको महाभिडन्त अर्थात् फाइनल खेल जुलाई १९ मा न्युजर्सीको मेटलाइफ स्टेडियममा खेलाइनेछ। साथै आज आधिकारिक रुपमा मेक्सिको बाट खेल सुरु भए पनि आयोजक देशहरु, अमेरिका र क्यानाडाले पनि खेल सुरु हुनु आघि आफ्नै देशमा ओपेनिङ्ग सेरेमोनी गर्नेछन् ।

यस पटक फिफाले विश्वकपको स्वरूपमा व्यापक परिवर्तन गरेको छ। सहभागी टोलीहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएको छ । जसलाई १२ वटा समूहमा विभाजन गरिएको छ। टोली सङ्ख्या बढेसँगै कुल खेलको सङ्ख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ। यस नयाँ ढांचा अनुसार समूह चरणबाट शीर्ष २ टोलीहरू र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोलीहरू इतिहासमै पहिलो पटक थपिएको नयाँ नकआउट चरण ूराउण्ड अफ ३२ू मा प्रवेश गर्नेछन् । जसले गर्दा अब विजेता बन्ने टोलीले विगतको तुलनामा एक खेल बढी अर्थात् कुल ८ खेल खेल्नुपर्नेछ। कतारमा भएको विश्वकप २०२२ को तुलनामा यो विश्वकप हिउँदको सट्टा गर्मी महिना ९जुन(जुलाई० मा १६ वटा फरक रंगशालाहरूमा खेलाइँदै छ।

यो विश्वकप नयाँ पुस्ताको उदय र पुराना दिग्गजहरूको बिदाइको साक्षी बन्नेछ। स्पेनका चर्चित खेलाडी लामिन यमल, ब्राजिलका एनड्रीक र अर्जेन्टिनाका एलजान्द्रो गर्नचो जस्ता प्रख्यात युवा खेलाडीहरू पहिलो पटक विश्वकपको मञ्चमा आफ्नो जादु देखाउदै छन्। अर्कोतर्फ, फुटबल जगत्‌का महान् हस्तीहरूको लागि यो ुलास्ट डान्सु अर्थात् अन्तिम विश्वकप हुने निश्चित छ। डिफेन्डिङ च्याम्पियन लियोनेल मेस्सी अर्जेन्टिनालाई लगातार अर्को उपाधि दिलाउने लक्ष्यका साथ मैदान उत्रिँदै छन् । त्यस्तै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो छैटौँ विश्वकप खेल्दै इतिहास रच्ने तयारीमा छन्।

चोटसँग जुधिरहेका फेमस ब्राजिलियन स्टार नेयमार जुनियर पनि ब्राजिल लाई छैटौं उपाधि जिताउने दाउसहित मैदानमा उत्रिदै छन् । सायद उनका लागि पनि यो विश्वकप जीवनको अन्तिम विश्वकप हुनेछ । उनीहरूसँगै क्रोएसियाका लुका मोड्रिक र बेल्जियमका केभिन दे ब्रुएनाका लागि पनि जीवनको यो नै अन्तिम विश्वकप यात्रा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्