परराष्ट्रमन्त्री शिशिर खनालले १४ देखि १७ जुनसम्म चीन भ्रमण गर्ने

<span class='c1'>परराष्ट्रमन्त्री शिशिर खनालले १४ देखि</span> <span class='c2'>१७ जुनसम्म चीन भ्रमण गर्ने</span>

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी १४ देखि १७ जुनसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले चीन भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा उनले चीनका परराष्ट्रमन्त्री वाङ यीसँग बेइजिङमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । साथै उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग समेत भेटवार्ता गर्नेछन् । भ्रमण अवधिमा मन्त्री खनालले नेपाल दूतावास, बेइजिङद्वारा आयोजना गरिने लगानी सम्मेलनमा समेत सहभागिता जनाउनेछन् । उक्त सम्मेलनमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गरी नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्ने विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उनले दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागिता जनाउँदै चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनाल १७ जुनमा काठमाडौँ फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्