विराटनगरका सरकारी कार्यालयमा भेटिएका सेवाग्राही देखिन्छन् खुशी

<span class='c1'>विराटनगरका सरकारी कार्यालयमा भेटिएका</span> <span class='c2'>सेवाग्राही देखिन्छन् खुशी</span>

विराटनगर । सरकारले सुशासनलाई प्राथमिकतामा राखेपछि सार्वजानिक सेवा प्रवाहका कार्यालयमा आउने सेवाग्राही हँसिला देखिन्छन् । सेवाग्राहीलाई कर्मचारीको अगाडी पुगेर आफ्ना काम निकाल्न पहिला जस्तो गाह्रो मान्दैनन् । कर्मचारीले समेत सेवाग्राहीलाई पहिला जस्तो फरकशैली नदेखाउने गरेको सेवाग्राही बताउँछन् ।

विराटनगर–१८ फडानीबाट दिदीको नागरिकता बनाउन आएका बलराम ऋषिदेवले कागजात मिलाउने प्रक्रियामा समय लागेपनि त्यसपछि कसैले नझुलाएको बताए । उनले पहिला प्रमुख जिल्ला अधिकारीको कार्यकक्षसम्म पुग्नै नसक्ने नागरिकलाई समेत अहिले आफ्ना समस्या राख्ने अवसर पाएको सुनाए । यसैगरी विराटनगर ३ का घनश्याम ढकालले नापी कार्यालयबाट सेवा लिदाँ कुनै झन्झट नथोपरेको सुनाए । उनले पहिला भन्दा अहिले कर्मचारीले केहि न केहि राम्रो व्यवहार देखाएको सुनाए । पहिला अरुलाई पक्रेर मात्रै काम निकाल्न सक्ने भएपनि अहिले सेवाग्राही आफैंले काम गराउन सकेको उनले बताए ।
भूमि प्रशासन र नापी कार्यालयका सेवा लिदाँ पनि केहि न केहि सहज महशुस गरेको उनी सुनाउँछन् । तर, भूमि प्रशासनमा भने भू–सेवा र लेखापढीमा काम गर्नेहरुकै बढी बोलवाला रहँदै आएको छ । उनीहरु कार्यालय परिसरमा चिनिने भेषमा हुन्छन् । सेवाग्राही उनीहरुमार्फत गएमा काममा झन् सहज हुने गरेको छ ।

मालपोतका एक कर्मचारीले जग्गासँगको कारोबार वा त्यससँग सम्बन्धित लिखत वा राजस्व निर्धारण गर्ने विषय प्राविधिक रहेकोले यसलाई बुझ्न सहज नहुने बताउँछन् । यदि कोहि सेवाग्राही बुझेर आफ्नो काम आफैं गराउन चाहन्छन भने त्यसमा सहजीकरण हुने ती कर्मचारीको भनाई छ । भूमि प्रशासन कार्यालय परिसरमा भेटिनु भएका सेवाग्राही बसन्त घिमिरेले भने कहिले नमिलेको कहिले के नमिलेको भनेर र्हैरान परेको सुनाए । उनले प्रक्रियागत कागजात पूरा गरेपछि त्यसलाई कार्यन्वयन गर्ने कुरामा अझैपनि सेवाप्रवाह गर्ने कार्यलय उदासिन रहेको बुझ्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्