धनकुटामा बस दुर्घटना, ११ जना घाइते

<span class='c1'>धनकुटामा बस दुर्घटना,</span> <span class='c2'>११ जना घाइते</span>

धनकुटा । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित कोशी लोकमार्गमा संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने वर्ष २८ की सबिता थापा रहेकी छन् । उनको हातखुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनकी छोरी वर्ष अन्दाजी १६ की आरुसी थापाको दुवै हातखुट्टामा चोट लागेको छ । त्यस्तै मोरङ सुन्दरहरैंचा नगरपालिका–११ बस्ने वर्ष अन्दाजी २६ की अमृता तामाङको टाउको तथा अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनकी ३ वर्षीया छोरी सृयान्सी तामाङको बाहिरी चोटपटक नदेखिएको र अवस्था सामान्य रहेको छ । संखुवासभा धर्मदेवी नगरपालिका–१ बस्ने वर्ष ३४ की अनिसा कटुवालको टाउकोमा सामान्य चोट लागेको छ भने धनकुटा महालक्ष्मी नगरपालिका–६ बस्ने वर्ष २५ की संगिता राईको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

यस्तै धर्मदेवी–१ की वर्ष अन्दाजी ११ की पवित्रा कटुवालको बायाँ खुट्टामा चोट लागेको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ बस्ने वर्ष अन्दाजी ४७ का चक्रबहादुर तामाङको बायाँ हात र खुट्टामा चोट लागेको छ । संखुवासभा धर्मदेवी नगरपालिका–३ बस्ने वर्ष अन्दाजी १५ की संजिला खत्रीको दुवै खुट्टामा चोट लागेको छ भने बसका सहचालक धर्मदेवी–१ बस्ने वर्ष अन्दाजी ३५ का इन्द्रबहादुर तामाङको बायाँ खुट्टामा चोट लागेको छ । त्यसैगरी धर्मदेवी नगरपालिका–१ बस्ने वर्ष अन्दाजी ५० की देविमाता कार्कीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्