विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ का अनिल कुमार मण्डल गत आइतबारदेखि असह्य पीडासँग लडिरहेका छन्। अचानक टाउको दुखेको समस्यापछि अस्पताल पुर्याइएका मण्डललाई ब्रेन ह्याम्रेज भएको पुस्टि भएको थियो । यो खबरले उनको ५ जनाको सानो परिवारमा एकाएक बज्रपात आइलागेको छ। हाल उनको विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भइरहेको छ।

घरको आर्थिक अवस्था निकै कमजोर भएको मण्डलको परिवारमा कमाउने मुख्य व्यक्ति नै बिरामी परेपछि परिवार बिचल्लीमा परेको छ। उनि बिरामी हुनु अघि बिक्रेताको काम गर्ने गरेको उनकी छोरी प्रतिभाले बताईन् । यो संकटको घडीमा उनकी छोरी प्रतिभाले उनको उपचारको रकम जुटाउने हरेक प्रयास गरिरहेकी छिन । तर दुःखको कुरा, यस्तो समयमा उनलाई साथ दिने र सहयोग गर्ने आफन्तले समेत आफ्नो मुख फेरेका छन् ।

ब्रेन ह्याम्रेज जस्तो जटिल समस्याको महँगो उपचारका निम्ति धेरै रुपैयाँ आवश्यक पर्ने र पैसाको अभावले उपचार रोकिने अवस्था आएपछि छोरी प्रतिभाले देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा सहयोगी संस्थाहरुसंग बुवाको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छिन ।