भनिन्छ देशको कायापलट गरी संबृद्धि तर्फ लैजाने मुख्य औजार भनेकै राजनीति हो । नेपालको संदर्भमा कूरा गर्दा जब जब राजनीति सबल बन्छ तब तब देश संबृद्धि को दिशा तर्फ अघि बढछ अनि जब राजनीतिमा अस्थिरता पैदा हुन्छ नेतृत्वले के सही के ग़लत भन्ने कूरा मा होस गुमाउछ तब सुरु हुन्छ राजनीति को कुरूप रूप र जता त्यतै अस्त बयस्त कोलाहल अनि अनिर्णय को चपेटा मा देश फँस्न पुग्छ ।
संबृद्धिका पाइला रोकिन्छन । बिकास को गति सुस्त हुन्छ र जनता मा निरासा पैदा हुन्छ । परिवर्तन का संबाहक युवा राजनैतिक दलका गोटी बनन पुग्छन । त्यस्को निशाना मा नेता हैं न पर्छन तिनै परिवर्तन का संबाहक भनिने युवा ।
हाम्रो देशको कूरा गर्दा देश युवामय छ । यदि राजनीति सही ठाऊमा आउने हो र युवालाई सकारात्मक काममा लगाउने हो भने युवा खाडी मूलकमा पसीना चुहाऊन जानू पर्ने थिएन । युरोप अमेरिका भासिनु पर्न थिएन ।
राजनैतिक नेतृत्वले युवा लाई लडन सिकाए, जुटन सिकाएनन, तोड फोड धाक धमकी को कूरा सिकाए निर्माण सहनशीलता र एकता को कूरा सिकाएनन । परिवर्तनका कूरा नारामा धेरै आए तर वास्तविक जीवनमा नेता र उनका आसे पासे बाहेक कसैको जीवन परिवर्तन भएन । परिवर्तन का नाम मा २००७ देखी अहिले को बर्तमान समय सम्म युवा प्रयोग भए र भइ रहेका छन । कहिले प्रजातंत्र को नाम मा कहिले गणतंत्र को नाममा कहिले मधेस र मधेसीका नाममा कहिले जनजाती आदिबासी दलित का नाममा ।
परिवर्तन भनी आंदोलन गरिदिने युवा, आफ्नो ज़्यानको कुनै परवाह नगरी रंगतको खोलो बगाइ दिने युवा । तर आज तहि युवा आफ़नो भाबिष्यको लागी यता उता भौतारि रहेको छ । कहिले जागीर को खोजी मा कहिले गास बास र कपासको खोजी मा । युवाको रगत र पसीना ले ल्याएको परिवर्तनमा आज अरु कसैले रजाईं गरी रहेको छ युवा टुलु टूलु हेरेर बस्न बाध्य छ । कसले बुझी दिने युवा को मर्म पीर अनि ब्यथा?
यसमा हामी ले नेता लाई दोष दिएर मात्र हूदैन दोष हामी युवा को पनी छ । युवाले नेतृत्व लाई भन्न सकनु पर्र्थ्यो हामी लाई बिनास हैंन बिकासका कूरा सिकाऊ , हामीलाई लडन हैंन एक हुन सिकाऊ , हामी लाई तिम्रो पूछर हैन एक कुशल नेता बन्ने अवसर देउ , हामी तिम्रा निम्ति धेरै लडयौ तर अब हामीलाई शिक्षा देउ रोज़गार देउ उद्दमशील बनाऊ, हामी लाई खाड़ी को चर्को घाम मा गएर आफ़नो श्रम बेच्न बाध्य नबनाऊ हामी आफनै घर आगन मा आफँनै पाखा पखेरो मा काम गर्दै आफनै परिवार का साथ रमाउदै देश को बिकास मा लाग्ने अवसर देउ । तर अहं हामी ले यी कूरा उठाएनौ बरु गरिवी लाई आफ़नो नियति को खेल ठानी लुरु लुरु दुबई कतार मलेसिया जस्ता खाड़ी मूलक मा गई आफ़नो श्रम बेच्न तयार भयौ। पढ़ाई का नाम मा यूरोप अमेरीका जस्ता पहिलो बिश्व मा भासिन तयार भयौ। काहि जान नसकने की त नेता को पछाड़ी दगुर्ने भयौ । नेता ले आफ़नो स्वार्थ का लागी प्रयोग गर्दै गए हामी प्रयोग हुन्दै ग़यौ ।
यदि सम्बृद्ध नेपाल चाहने हो भने अब परिस्थिति लाई बदलन हामी अघी बढनु पर्छ। देशलाई संबृद्धि को बाटोमा लैजाने हो भने अब आऊने पुस्तालाई सुंदर सम्मुनंत नेपाल तयार गरीदिने हो भने चुप लाग्ने हैंन ख़बरदारी गर्नु पर्छ त्यस का लागी अहिले को निर्वाचन को माहोल मा त्यो अवसर लाई हामी ले उपयोग गर्न सक्छौ ।
भोट माग्दै हाम्रो घर आगनीमा आऊने नेतालाई चिल्ला आश्वासन हैन बिकास परिवर्तन का योजना लिएर आउन भन्न सक्नु पर्छ ।
बुवा आमा मामा काका हजुरबा ले आमुख पार्टी लाई भोट हाल्नू हुन्छ मैले पनी त्यही गर्ने हो भने आखा चिमल्ने हैंन । को असल छ कसले काम गर्न सक्छ, कसका योजना कस्ता छन योजना पूरा गर्न इक्षा शक्ति कस्तो छ ,परिवार बाद हावी छ छैन , भ्रष्टचार को सम्बंध मा उसको रबैया कस्तो हुन्छ ? युवा लाई प्रयोग मात्र गर्ने हो की शिक्षा स्वास्थ रोज़गारी र उद्धमशीलता लाई प्राथमिकता दिदई युवा लाई आगाड़ी बढ़ाऊन कस्तो क़दम चाल्ने हो सो को सम्पूर्ण लेखा जोखा गरेर मात्र भोट दिन ज़रूरी छ । यदि यसो नगर्ने हो भने फेरी पनि नेतृत्व मा त्यही ब्यक्ति को हाली मुहाली चल्छ जसले आज सम्म जनता को नाम मा आफ़नो गोजि भर्ने काम गर्यो राम्रा लाई बिस्थापित गर्दै हाम्रा लाई प्राथमिकता दियो । जनता को दुःख पीड़ा लाई देखेको नदेखै गरी आफ़नो स्वार्थ पूर्ति मा लागी रहयो चुनाब जीते पश्चात जनता को घर दैलो सम्म पुगेर सुख दुःख मा साथ दिनु आफ़नो कर्तब्य ठानेन ।
तसर्थ अब को चुनाब मा जनता ले बीबेक पूर्याउनु ज़रूरी छ । पुरातन बादी सोच अनुसार कुनै एक पार्टी लाई भोट दिनु भन्दा जनता को सुख दुःख बुझने जनता को पीड़ा मा मलम लाउने आफ़नो गाऊँ ठाऊ को बिकास प्रति अग्रसर जून सुकै पार्टी को भए पनी योग्य उमेदवार लाई भोट दिनु पर्छ र बिजयी बनाउनु पर्छ तव मात्र हामीले खोजेको समुन्नत र सम्बृद्ध नेपाल बन्न सक्छ तब मात्र हाम्रो गाउ घर शहर बजार मा बिकास को मूल फुटन सक्छ । समबृद्धि हाम्रै पाला मा हामी ले महसूस गर्न सकछौ । त्यसैले एक पटक को मतदान मा हामी चूक्यौ भने हामी ले पटक पटक दुःख पाउछौ र तिनै नेता लाई गाली गर्दा गर्दै हाम्रो जीवन बित्छ । अब एक पटक को ग़लती ले पटक पटक दुःख पाउने की हाम्रा लाई नभइ राम्रा लाई मतदान गरी सधै भरि ढुक्क हुने ? निर्णय तपाई युवा कै हात मा छ ।
सुभाष भण्डारी ([email protected])