प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा भारतीय एसएसबीले गतिविधि बढाएकोप्रति ध्यानाकर्षण

<span class='c1'>प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा भारतीय</span> <span class='c2'>एसएसबीले गतिविधि बढाएकोप्रति ध्यानाकर्षण</span>

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आवागमन र गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ताका सीमावासी नेपालीलाई राज्य आफ्नो साथमा रहेको अनुभूति गराउन आवश्यक रहेको बताइन्। उनले प्रधानमन्त्रीले केही समयअघि संसदमा दिएको ‘नेपालले पनि सीमा मिचेको छ’भन्ने अभिव्यक्तिपछि भारतीय एसएसबीका अधिकारीहरू पटक–पटक सुस्ता क्षेत्रमा आउन थालेको दाबी गरिन् । ‘पश्चिम नवलरासी सुस्ताका सीमा रक्षक नेपालीलाई हामीसँग सरकार छ भन्ने अनुभूति दिनुपर्छ । संयोग पनि भयो, प्रधानमन्त्रीले नेपालले पनि सीमा मिचेका छ भनेर अभिव्यक्ति दिएपछि घरीघरी भारतीय एसएसबी सुस्तामा आइरहेका छन्। सायद प्रधानमन्त्रीज्यूले भनेको मिचिएको सीमा खोज्न आएका होलान्,’ उनले भनिन् ।

सांसद काउचाले जेठ १७ गतेपछि पुनः जेठ २९ गते पनि भारतीय एसएसबीका अधिकारीहरू सुस्तामा आएको उल्लेख गर्दै स्थानीय बासिन्दाले साहसका साथ उनीहरूलाई फर्काएको बताइन् । यद्यपि, पुनः आउने चेतावनी दिएर फर्किएको भन्दै उनले सरकारको तयारीबारे प्रश्न उठाइन् । उनले भनिन्,‘फेरि आउने भन्दै गएका एसएसबीलाई सुस्तामा पस्नै नदिन सरकारले के गरिरहेको छ ? सरकारले संसदलाई जवाफ दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्