गोकर्णेश्वर–केएमसी सम्झौता, स्वास्थ्य सेवामा विशेष सहुलियत १० लाखसम्मको निःशुल्क मिर्गौला प्रत्यारोपण सम्भव : शर्मा

<span class='c1'>गोकर्णेश्वर–केएमसी सम्झौता, स्वास्थ्य सेवामा विशेष सहुलियत १०</span> <span class='c2'>लाखसम्मको निःशुल्क मिर्गौला प्रत्यारोपण सम्भव : शर्मा</span>

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच नगरवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ । कार्यक्रम नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद सुनीलकुमार शर्माको प्रमुख आतिथ्य तथा नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा सम्पन्न भएको थियो । सोमबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा उपचारका लागि केएमसी पुगेका स्थायी बासिन्दाले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम, स्वास्थ्य बीमा तथा अन्य उपलब्ध सुविधा उपयोग गरेपछि थप सहुलियत पाउनेछन् ।

केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भएर उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, ईएचएस, आईयूआई तथा आईभीएफ, सीटीभीएस सर्जरी, कलेजो प्रत्यारोपण, न्युरो इन्टरभेन्सन, सौन्दर्य तथा कस्मेटिक सेवा, इम्प्लान्ट र सिंगल क्याबिनबाहेकका उपचार सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । सिनामंगल शाखाबाट उपचार गराउँदा यस्तै सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले केएमसीलाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ । यो सहुलियत प्रतिव्यक्ति वार्षिक एक लाख तीन हजार रुपैयाँसम्मको उपचार खर्चमा लागू हुनेछ । सोभन्दा बढी खर्च बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । औषधि, औषधिजन्य सामग्री तथा उपकरणको खर्चसमेत बिरामीले नै तिर्नुपर्ने व्यवस्था छ ।
मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा नगरपालिकाले प्रतिव्यक्ति थप तीन लाख नौ हजार रुपैयाँ उपलब्ध गराउनेछ । अन्य सहुलियत रकमसमेत जोड्दा एक व्यक्तिले नगरपालिकाबाट चार लाख १२ हजार रुपैयाँसम्म सहयोग प्राप्त गर्न सक्नेछ । उक्त रकम प्रयोगशाला परीक्षण, शल्यक्रिया, क्याबिन सुविधा तथा औषधिजन्य सामग्रीमा उपयोग गर्न सकिनेछ ।

नगरपालिकाबाट उपलब्ध हुने सहयोग, स्वास्थ्य बीमा तथा विपन्न नागरिक कार्यक्रमबाट प्राप्त सुविधा उपयोग गरिसकेपछि पनि रकम अपुग भएमा केएमसीले थप चार लाख १२ हजार रुपैयाँसम्म छुट प्रदान गर्नेछ । त्यसपछि बाँकी रकम बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । सम्झौताअनुसार उपचारका लागि आवश्यक रगत उपलब्ध गराउन नगरपालिकाले केएमसीमा सिफारिस गर्नेछ । रगत उपलब्ध गराउँदा प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले शोधभर्ना गर्ने व्यवस्था गरिएको छ । यो सम्झौता २०८३ साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्