विराटनगरमा यु-१५ फुटबल महोत्सव हुने

<span class='c1'>विराटनगरमा यु-१५ फुटबल</span> <span class='c2'>महोत्सव हुने</span>

विराटनगर । जनपथ फुटबल ट्रेनिङ सेन्टर विराटनगर–११, मोरङको आयोजनामा ‘प्रथम यु १५ खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ असार ६ गतेदेखि १४ गतेसम्म विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा मोरङ, सुनसरी र सप्तरी जिल्लाका १६ वटा टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
बाल तथा किशोर उमेर समूहका खेलाडीहरूको प्रतिभा विकास, प्रतिस्पर्धात्मक वातावरण सिर्जना तथा फुटबलप्रति आकर्षण बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको विजेताले रु. २५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यसैगरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकहरूलाई विभिन्न व्यक्तिगत पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई साइकल, उत्कृष्ट मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई फुटबल बुट, उत्कृष्ट गोलरक्षकलाई जीके ग्लोभ्स, उदाउँदो खेलाडीलाई जर्सी किट तथा उत्कृष्ट प्रशिक्षकलाई रु. २ हजार १०० नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकले सम्पूर्ण खेलप्रेमी, अभिभावक, खेलाडी तथा शुभेच्छुकहरूलाई प्रतियोगिता अवलोकन गरी युवा खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्