विराटनगरमा खैरो हिरोईन सहित तीन जना पक्राउ

<span class='c1'>विराटनगरमा खैरो हिरोईन सहित</span> <span class='c2'>तीन जना पक्राउ</span>

विराटनगर । मोरङ प्रहरीले लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट नजिक लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो।

‘लागूऔषध दुव्र्यसनविरुद्धको महाअभियान (मेगा क्यान)’ अन्तर्गत शनिबार साँझ करिब ६ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिहरूमाथि शंका लागेपछि प्रहरीले जाँच गरेको थियो।

जाँचका क्रममा विराटनगर–१५ का ३२ वर्षीय दिपक सहनी, २७ वर्षीय मोहम्मद कफिल र सुनसरीको सुन्दरहरैंचा नगरपालिका–५ का २५ वर्षीय दिपेश पोखरेलको साथबाट ८ ग्राम ३१० मिलिग्राम हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्