काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् ।