कक्षा– १२ को परिक्षामा एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तिर्ण

<span class='c1'>कक्षा– १२ को परिक्षामा</span> <span class='c2'>एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तिर्ण</span>

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका २०८२ सालको कक्षा १२ का परिक्षा दिएका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उच्च माध्यामिक शिक्षा परिषदले आज सार्वजनिक गरेको परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो ।

एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिएका थिए । शैक्षिक क्षेत्रमा अब्बल मानिएको एभरेष्टले हरेक परिक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै प्रिन्सिपल पुरीले त्यसकै निरन्तरता भएको बताउनुभयो । २०७५ सालमै नेपालकै उत्कृष्ट विद्यालय भएर शिल्ड, प्रमाणपत्र र नगदसहित पुरस्कृत भएको स्मरण गर्दै उहाँले एभरेष्टको नतिजा सबै विद्यार्थीको समान जस्तै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले विद्यार्थीको शैक्षिक विकासको लागि उस्तै मेहनत गर्छौ, त्यसैले सबै राम्रो अंकका साथ उत्तिर्ण हुँदै आएका छन् ।’ प्रशासन प्रमुख रक्कि यादवका अनुसार ५७ जना ए प्लस ल्याएर उत्तिर्ण हुँदा ६६ जना ए ल्याएका छन् । यस्तै बी प्लस ल्याएर ९ जना उत्तिर्ण भएका छन् । ति मध्ये नेहा मण्डल ३.९१ र राजुकमार साह ३.९ जीपिए ल्याएर उत्तिर्ण भएका छन् ।

यसका साथै एभरेष्ट स्कुलले यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको सम्बन्धन पाएको एभरेष्टले बीआईटीको लागि आवेदन खुला भइसकेको जानकारी दिएको छ । समयमा कोर्ष पुरा गर्ने, समयमा परिक्षा लिने र समयमै परिक्षाफल प्रकाशन गर्ने विश्वविद्यालयका रुपमा परिचित काठमाडौं विश्वविद्यालयको बीआईटी एभरेष्टमा सुरु भएको हो । बीआईटीको लागि https://apply.ku.edu.np/cbt मा अनलाईन आवेदन दिन सकिने एभरेष्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्