भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको ७० ब्रोइलर कुखुरा रंगेलीबाट बरामद

<span class='c1'>भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको</span> <span class='c2'>७० ब्रोइलर कुखुरा रंगेलीबाट बरामद</span>

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ स्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ७० वटा ब्रोइलर कुखुरा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर साराभाग मोरङबाट सशस्त्र प्रहरी नायब निरीक्षक पुष्पप्रसाद न्यौपानेको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले बिहीबार बिहान करिब १०ः२० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको BR 38 AP 1571 नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेपछि जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलमा अवैध रूपमा ल्याइँदै गरिएको ७० वटा ब्रोइलर कुखुरा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरी टोलीलाई देख्नासाथ चालक मोटरसाइकल र कुखुरा छाडेर फरार भएको बताइएको छ।

बरामद गरिएको मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ भने करिब १८० किलोग्राम तौलका ७० वटा ब्रोइलर कुखुराको मूल्य ५४ हजार रुपैयाँ आँकलन गरिएको छ। यसरी बरामद सामानको कुल मूल्य २ लाख ४ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद गरिएको ब्रोइलर कुखुरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको तथा मोटरसाइकललाई थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ। सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी निकासी तथा राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी र गस्ती थप कडा बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्