आमा शब्द नै काफी छ,
यो कुराको महसुस मलाई प्रसव पीडाको अनुभूतिले गरायो।
नमरी स्वर्ग देखिँदैन भने जस्तो कुराको अनुभव गरायो।
दिनरात नभनीकन छोराछोरीहरूलाई हुर्काउने परकाष्ठाको सीमा निर्धारण गरायो।
सिमानाको पर्खालको पालनाले मलाई गौरवान्वित बनायो।
त्याग र बलिदानको आफ्नै स्पर्शले हर्षित तुल्यायो।
यी सब अकल्पनीय सिको तिम्रै हस्तान्तरणको देन हो।
आमा शब्द नै काफी छ,
यो हस्तान्तरण पुस्तौपुस्ता सम्म अविस्मरणीय रूपले रहिरहने छ।
- राजेश्वरी सापकोटा लम्साल