रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

<span class='c1'>रास्वपा महाधिवेशन : दोस्रो दिन</span> <span class='c2'>बन्द सत्र सुरु हुँदै</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज (सोमबार) पनि चितवनको भरतपुरमा जारी छ । आइतबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्र सुरु हुँदैछ । पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम रहेको छ ।

प्रकाशित कार्यतालिकाअनुसार बिहान ७ बजे खाजाको समय रहेको छ । बिहान ८ः३० बजे पार्टी सभापति रवि लामिछानेले दोस्रो सत्र प्रारम्भ गर्नेछन् । सत्र सुरु भएलगत्तै ८ः३० देखि ८ः५० सम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने कार्यक्रम छ । बिहान ९ बजेदेखि ९ः३० सम्म पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गर्ने तालिका रहेको छ । यसैगरी, बिहान १० बजेबाट १०ः४५ सम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ ।

त्यसपछि १०ः४५ देखि ११ः४५ सम्म पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । विधान संशोधन प्रस्ताव अनुमोदन भएपछि बिहान ११ः४५ देखि दिउँसो १२ः१५सम्म पार्टीका सभापतिले राजनीतिक प्रतिवेदन पेश तथा छलफल गर्ने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्