मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

<span class='c1'>मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग,</span> <span class='c2'>विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल</span>

काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ ।

यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सी सँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् । साउदी अरेबियाविरुद्धको खेलमा गोल गर्दै यामालले विश्वकपमा आफ्नो गोल खाता खोलेका थिए । विशेष कुरा के भने, उनले यो उपलब्धि हासिल गर्दा उनको उमेर १८ वर्ष ११ महिना थियो । ठीक यही उमेरमा मेस्सीले पनि सन् २००६ को विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । यति मात्र होइन, दुवै खेलाडीले विश्वकपमा पहिलो गोल गर्दा १९ नम्बरको जर्सी लगाएका थिए र दायाँ खुट्टाको प्रयोग गरेर गोल गरेका थिए । दुई फरक पुस्ताका खेलाडीबीच देखिएको यो संयोगले विश्व फुटबल समर्थकमाझ चर्चा बटुलेको छ । बार्सिलोनाबाट उदाएका यामालले बाल्यकालदेखि नै मेस्सीलाई आफ्नो आदर्श मान्दै आएका छन् । अहिले विश्वकपको मञ्चमा उनले आफ्नै आदर्शसँग जोडिएको ऐतिहासिक संयोग सिर्जना गरेका हुन् । यामालले मेस्सीसँगको समानता मात्र कायम गरेनन् । एउटा कीर्तिमानमा भने उनलाई उछिनेका पनि छन् । विश्वकपमा पहिलो गोल गर्दा उनी मेस्सीभन्दा १४ दिन कम उमेरका थिए । यसले उनलाई विश्वकपमा गोल गर्ने खेलाडीहरूको सूचीमा अझ माथिल्लो स्थानमा पु¥याएको छ ।

साउदी अरेबियाविरुद्ध ४–० को जितमा गोल गरेका यामाल विश्वकप इतिहासमा गोल गर्ने आठौँ सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । चोटबाट पुनरागमन गरिरहेका १८ वर्षीय विङ्गरले प्रतियोगिताको पहिलो सुरुआती अवसरमै गोल गर्दै आफू किन विश्व फुटबलको भविष्य मानिन्छन् भन्ने प्रमाण समेत दिएका छन् । फुटबल इतिहासमा संयोगहरू धेरै देखिए पनि मेस्सी र यामालबीचको यो समानता भने असाधारण मानिएको छ । एकातिर विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मेस्सी, अर्कोतिर उनको पदचाप पछ्याइरहेका युवा प्रतिभा यामाल—दुवैको विश्वकप यात्राको सुरुआत एउटै उमेर, एउटै जर्सी नम्बर र एउटै खुट्टाबाट आएको गोलसँग जोडिनु आफैंमा अनौठो कथा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्