विराटनगरमा ‘सहरी सडक योजना तथा व्यवस्थापन’ विषयक चार दिने तालिम सुरु

<span class='c1'>विराटनगरमा ‘सहरी सडक योजना तथा व्यवस्थापन’</span> <span class='c2'>विषयक चार दिने तालिम सुरु</span>

विराटनगर । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघ सँगको सहकार्यमा “सहरी सडक योजना तथा व्यवस्थापन” विषयक चार दिने तालिम कार्यक्रम विराटनगरमा सुरु गरेको छ।

व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आइतबारदेखि विराटनगरस्थित होटल स्वागतममा औपचारिक रूपमा सुरु भएको हो। कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

उद्घाटन समारोहमा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाही, नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष इ. जगरनाथ शाह, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका निर्देशक प्रा. डा. धर्मेन्द्र सिंह तथा नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीलगायतको उपस्थिति रहेको थियो।

इन्जिनियर मन्दाकिनी कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रा. डा. पद्मबहादुर शाहीले प्रमुख स्रोत व्यक्तिका रूपमा प्रशिक्षणको नेतृत्व गरेका छन्। कार्यक्रमको समन्वय इ. आशय ओझा, इ. हरि पौडेल र इ. विवेक सिंहले गरेका छन्।

तालिममा प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयका प्रतिनिधि, सहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, विभिन्न नगरपालिकाका प्राविधिक कर्मचारी, इन्जिनियरिङ कलेज तथा विश्वविद्यालयका प्राध्यापक, परामर्शदाता इन्जिनियर, निर्माण व्यवसायी तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

असार ७ देखि १० गतेसम्म सञ्चालन हुने तालिमले सुरक्षित, दिगो तथा प्रभावकारी सहरी सडक प्रणालीको योजना, डिजाइन र व्यवस्थापनसम्बन्धी ज्ञान तथा प्राविधिक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

SCAEF नेपालका अनुसार कार्यक्रम पेशागत विकास तथा क्षमता निर्माण उपसमिति को संयोजनमा CBDIC र FCAN सँगको सहकार्यमा सञ्चालन भइरहेको हो। आयोजकले यस्ता क्षमता विकास तथा व्यावसायिक तालिम कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्