विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन मंगलबार असार ९ उनी झापा गएका हुन् ।
मंगलबारै हुने जिल्लास्तरीय पार्टी भेलालाई उनले सम्बोधन गर्ने कांग्रेस झापाका सचिव कृष्णप्रसाद हुमागाईंले बताए । भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक रहेका निश्कल राई पनि सहभागी हुनेछन् ।