प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

<span class='c1'>प्रारम्भिक बाल विकासमा लगानी</span> <span class='c2'>गर्न मुख्यमन्त्री कार्कीको जोड</span>

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

कोसी प्रदेश संरचनामा प्रारम्भिक बाल विकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले घरका साना बालबालिकाले राम्रो शिक्षा–दीक्षा प्राप्त गर्न सके परिवारमा खुसीयाली र सकारात्मक वातावरण सिर्जना हुने बताए । उनले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि प्रारम्भिक बाल विकासलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे । बालबालिकामा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज र राष्ट्रलाई नै लाभ पुग्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले बाल अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै प्रारम्भिक बाल विकासका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरूको सहकार्य समन्वय समूहको आयोजनामा भएको कार्यक्रममा बालबालिकाको अधिकार, प्रारम्भिक शिक्षाको अवस्था तथा संवैधानिक दायित्व कार्यान्वयनका विषयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्