१ सय करोडको लगानीमा विराटनगर इन्टरनेशनल कलेजको भवन बन्दै

<span class='c1'>१ सय करोडको लगानीमा विराटनगर</span> <span class='c2'>इन्टरनेशनल कलेजको भवन बन्दै</span>

विराटनगर । विराटनगरमा रहेको विराटनगर इन्टरनेशनल कलेज (बिआइसी) ले १ सय करोड अर्थात १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी २ वटा शैक्षिक विषय संचालनमा ल्याउने भएको छ । स्थापनाको १०औं वर्ष पूरा गरेको अवसरमा कलेजले शुक्रबार विराटनगरको विग होटलमा पत्रकार सम्मेलन गरी नयाँ भौतिक पूर्वाधार र विश्वस्तरीय शैक्षिक कार्यक्रमहरूको घोषणा गरेको हो ।

 

विराटनगर १० स्थित भवनको निर्माण कार्य अहिले धमाधम भईरहेको छ । अबको एक वर्षभित्र सम्पन्न हुने र सोही स्थानबाट बेलायतको प्रतिष्ठित ‘युनिभर्सिटी अफ वुल्भरह्याम्पटन’ सँगको सहकार्यमा दुईवटा नयाँ शैक्षिक कार्यक्रम— ‘बीएससी (हन्स) साइबर सुरक्षा’ र ‘इन्टरनेशनल मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन (आईएमबीए)’ सुरु गरिने कलेजका अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीका अनुसार यी कोर्षहरू नेपाली विद्यार्थीका लागि विदेशको तुलनामा निकै सस्तो र सुलभ शुल्कमा उपलब्ध हुनेछन् । “नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि ठूलो रकम खर्चेर विदेश जानुपर्ने बाध्यता छ,” बुढाथोकीले भने, “हामीले त्यही गुणस्तरको अन्तर्राष्ट्रिय शिक्षा नेपालमै, अझ विशेष गरी विराटनगरमै निकै कम खर्चमा उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।” कलेजले निर्माण गर्न लागेको नयाँ क्याम्पसमा आधुनिक सिकाइ केन्द्र, उन्नत प्रविधि प्रयोगशाला, साइबर सुरक्षा ल्याब र नवप्रवर्तन (इन्नोभेसन) केन्द्रहरू रहनेछन् । यो परियोजना पूर्वी नेपालमा शिक्षा क्षेत्रमा गरिएको अहिलेसम्मकै ठूलो निजी लगानीमध्ये एक हुने अपेक्षा गरिएको छ । यसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै उद्योग–केन्द्रित व्यावहारिक अनुभव प्रदान गर्ने कलेजको दाबी छ ।

सन् २०१३ मा स्थापना भएको बिआइसीले हाल बीएससी (अनर्स) कम्प्युटर साइन्स र इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट जस्ता कोर्षहरू सञ्चालन गर्दै आएको छ । कलेजले केवल शैक्षिक डिग्री मात्र नभई सफ्टवेयर विकास र डिजिटल उत्पादनका माध्यमबाट नेपाली प्रतिभालाई विश्वव्यापी परियोजनामा जोड्ने लक्ष्य समेत राखेको छ । नयाँ कोर्षहरूको सुरुवातसँगै पूर्वी नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादन हुने र विराटनगरलाई मुलुककै प्रमुख प्रविधि तथा उद्यमशीलता केन्द्र (आईटी हव ) का रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास कलेज प्रशासनले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्