फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

<span class='c1'>फिफा विश्वकप : शनिबार समूह जी,</span> <span class='c2'>एच र आईका ६ खेल हुँदै</span>

काठमाडौं । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । सोही समयमा सेनेगल र इराक पनि आमनेसामने हुनेछन् । यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। यसै समूहको अर्को खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ । दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्।समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच खेल हुनेछ भने अर्को खेलमा इजिप्ट र इरान आमनेसामने हुनेछन् । यी दुवै खेल बिहान ८ः४५ बजे सुरु हुने तालिका छ ।
समूह चरणका यी खेलहरूले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्