विराटनगरमा टीभीएसको ‘अपग्रेड हान्नेलाई अचम्मैको डिल’ योजना

<span class='c1'>विराटनगरमा टीभीएसको ‘अपग्रेड हान्नेलाई</span> <span class='c2'>अचम्मैको डिल’ योजना</span>

विराटनगर। विराटनगरका लागि टीभीएसको आधिकारिक विक्रेता पार्श्वनाथ डेभzलपर्स प्रा.लि. ले ‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ नामक सातदिने विशेष एक्सचेन्ज अभियान सञ्चालन गरेको छ।

विराटनगर–५, पञ्जाबी पेट्रोल पम्प पश्चिम, मुनालपथस्थित शोरुममा असार १० गतेदेखि असार १६ गतेसम्म सञ्चालन हुने यस विशेष एक्सचेन्ज अफरमार्फत ग्राहकहरूलाई नयाँ टीभीएस दुईपाङ्ग्रे सवारी सहज, सुलभ तथा लाभदायी रूपमा उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

यस अभियानमा आगन्तुकहरूले टीभीएसका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर मोडलहरूको अवलोकन गर्न, विशेष एक्सचेन्ज सुविधा प्राप्त गर्न तथा आकर्षक फाइनान्स अफरको लाभ लिन सक्नेछन्। एक्सचेन्ज स्थलमा मोटरसाइकल तथा स्कुटरबारे जानकारी लिन तथा विभिन्न अफरहरूको अवलोकन गर्न आउने ग्राहकहरूको उल्लेखनीय भीड देखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा ‘अचम्मैको भ्यालुएसन’ सुविधा प्रदान गरिनेछ। साथै, पेट्रोल र विद्युतीय स्कुटर तथा मोटरसाइकल खरिद गर्ने अवसरसँगै नयाँ आकर्षक रङमा उपलब्ध टीभीएस स्कुटरहरू पनि ग्राहकले रोज्न सक्नेछन्।

छनोट गरिएका टीभीएस मोडलहरूमा क्यास डिस्काउन्ट उपलब्ध हुनेछ भने ‘फटाफट फाइनान्स’ सुविधाअन्तर्गत नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा छिटो कर्जा स्वीकृत गरिने कम्पनीले जनाएको छ।

 

यस अभियानको मुख्य आकर्षण विशेष एक्सचेन्ज कार्यक्रम रहेको छ। ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर ल्याई आकर्षक मूल्याङ्कनसहित नयाँ टीभीएसका पेट्रोल तथा विद्युतीय दुईपाङ्ग्रे सवारीसँग साट्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्