विराटनगरमा नयाँ व्यवस्थापनसहित मेट्रो न्यूरो ट्रमा हस्पिटल सञ्चालनमा

<span class='c1'>विराटनगरमा नयाँ व्यवस्थापनसहित मेट्रो</span> <span class='c2'>न्यूरो ट्रमा हस्पिटल सञ्चालनमा</span>

विराटनगर । विराटनगर– ९ स्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टि स्पेसियालिटी हस्पिटल नयाँ व्यवस्थापन र विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालनमा आएको छ ।
पूर्वकै महत्वपूर्ण स्वास्थ्य केन्द्र बनाउने लक्ष्यसहित युवा व्यवसायी गोविन्द लुइँटेलको नेतृत्वमा हस्पिटलले पूर्व उपकुलपति तथा वरिष्ठ कार्डियोलोजिस्ट डा.ज्ञानेन्द्र गिरीलाई अध्यक्षको जिम्मेवारी दिएको छ। साथै वरिष्ठ चिकित्सक डा.अभिनारायण घिमिरे, डा.प्रदीपकुमार गुप्ता लगायत अनुभवी चिकित्सकहरूलाई पनि हस्पिटलमा आबद्ध गरिएको छ ।


हस्पिटलले कोसी अस्पतालका पूर्व मेसु डा.यज्ञराज खरेलसहित विभिन्न विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको छ। नयाँ व्यवस्थापनको सुरुआतसँगै सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आधारभूत ल्याब परीक्षण, भिडियो एक्स–रे तथा ओपीडी सेवा निःशुल्क उपलब्ध गराइएको उपाध्यक्ष लुइँटेलले जानकारी दिए।
हस्पिटलका अध्यक्ष डा.गिरीले विराटनगरलाई स्वास्थ्य हबका रूपमा विकास गर्ने अभियानमा गुणस्तरीय तथा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताए। अत्याधुनिक उपचार सेवा प्रदान गर्ने लक्ष्यका साथ हस्पिटलले जनहितमा शिविरलगायतका कार्यक्रम गर्ने हस्पिटल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्