मोरङ कारागारमा रकम असुली प्रकरण : कडा निगरानीमा प्रहरी, कर्मचारी र कैदीबन्दीसँग सोधपुछ

<span class='c1'>मोरङ कारागारमा रकम असुली प्रकरण : कडा</span> <span class='c2'>निगरानीमा प्रहरी, कर्मचारी र कैदीबन्दीसँग सोधपुछ</span>

विराटनगर । मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय मोरङले कारागारभित्र सुरक्षा निगरानी कडा बनाएको छ । घटनासँग सम्बन्धित आशंकित कर्मचारी तथा कैदीबन्दीहरूसँग सोधपुछ गर्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर रकम असुली गरेको सूचनाका आधारमा प्रहरीले गिरीलाई शनिबार बिहान विराटनगर–८ मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कारागारभित्र रहेका कर्मचारी र कैदीबन्दीमाथि विशेष निगरानी राखिएको छ । घटनासँग सम्बन्धित केही व्यक्तिलाई सोधपुछका लागि बोलाइए पनि आवश्यक बयानपछि पुनः कारागार पठाईने प्रहरीले जनाएको छ ।

उनका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। विशेषगरी कैदीबन्दीबाट बाहिर रकम कसरी संकलन र प्रवाह भयो भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार गिरीमाथि कैदीबन्दीले पाउने सरकारी सुविधा तथा उनीहरूको श्रमबाट भएको आम्दानीसमेत जबरजस्ती असुल्ने गरेको आरोप छ ।

हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १ सय ९९कैदीबन्दी रहेका छन्। उनीहरूले दैनिक ८० रुपैयाँका दरले सिधा भत्ता पाउने व्यवस्था छ, जसअनुसार दैनिक करिब ९६ हजार रुपैयाँ वितरण हुने गर्छ।

 

यसबाहेक सरकारले प्रत्येक कैदीबन्दीका लागि जाडो र गर्मीको लुगाबापत वार्षिक ५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। कारागारभित्र करिब ५ सय कैदीबन्दीले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्दै आएका छन्। ती सामग्री बिक्रीबाट प्राप्त आम्दानी र सरकारी भत्तासमेत तरकारी आपूर्ति गर्ने व्यक्तिमार्फत नगद संकलन गरी गिरीसम्म पुर्‍याइने गरेको सुरक्षा स्रोतको दाबी छ ।

यसै प्रकरणमा प्रहरीले शनिबार कारागारका नाइके राकेश यादवसँग पनि बयान लिएको थियो। यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएपछि उनको सरुवा गर्न लागिएको भन्ने हल्लापछि कैदीबन्दीहरूले केही समय नाराबाजी गर्दै विरोधसमेत गरेका थिए । उनको सामान्य बयानपछि पुन कारागार नै पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्