विराटनगर। मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले ५ किलोमिटर खुला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता यहि असार १७ गते बुधबारका दिन बिहान ठीक ६ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा १८ देखि ५० वर्ष उमेर समूहका इच्छुक सहभागी हुन सक्नेछन्। सहभागीहरूले पोस्टरमा दिइएको क्यूआर कोड स्क्यान गरी अनलाइन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। साथै थप जानकारीका लागि ९८१३८८०८०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. १५,०००, रु. ११,००० र रु. ७,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै युवाहरूलाई खेलकुद र नियमित व्यायामप्रति आकर्षित गर्नु हो। कार्यक्रममा "स्वास्थ्यका लागि दौड, समृद्धिका लागि जोड" भन्ने नारा राखिएको छ।