कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

<span class='c1'>कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा</span> <span class='c2'>सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवस अवसरमा शुभकामना व्यक्त गर्दै उनले श्रमजीवी किसानहरूको मेहनत, पसिना र समर्पणले राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण गरेको बताए । ‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो । हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ,’ उनले भने, ‘रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन् ।’

उनले रोपाइँको मुख्य समयमा पनि किसानहरूले पर्याप्त मल, गुणस्तरीय बीउबिजन, सिँचाइ तथा अन्य आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको बताए । उनले सरकारलाई किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्