विराटनगर। विराटनगरमा आगामी जुलाई १८ मा फेरि एकपटक ऊर्जावान बन्ने भएको छ, जहाँ ‘कोरा च्यालेन्ज २०२६’ ले साइकलिङ मात्र होइन, सामाजिक परिवर्तनको सन्देश बोकेर सडकमा गुड्नेछ।
नेपालकै सबैभन्दा ठूलो परोपकारी साइकलिङ अभियानका रूपमा चिनिएको कोराले सन् २०११ देखि वातावरण संरक्षण, दिगो यातायात र सामाजिक सेवामा प्रेरणा दिँदै आएको छ। यस वर्षको आयोजना पेडल विराटनगर र नेपाली युवा उद्यमी मंच विराटनगरको सहकार्यमा हुँदैछ। १०० भन्दा बढी साइकलयात्री ले करिब २५ किलोमिटर दूरी तय गर्दै होटल स्वागतबाट सुरु भई शहरका मुख्य क्षेत्रहरू पार गर्दै पुनः त्यहीँ पुग्नेछन्।
यसपटक कोरा च्यालेन्ज केवल साइकलिङमा सीमित छैन , आवश्यकतामा रहेका विद्यार्थीहरूका लागि जुत्ता खरिद अभियान सञ्चालन गरिनेछ। अनलाइन र प्रत्यक्ष सहयोगमार्फत संकलित रकम पारदर्शी रूपमा प्रयोग गरिने आयोजकले जनाएको छ। देशभर र विश्वभर एकैदिन मनाइने यो अभियानले हजारौंलाई एउटै उद्देश्यमा जोड्दै सकारात्मक परिवर्तनको प्रेरणा दिइरहेको छ।