मोरङका ‘डन र तस्कर’को प्रोफाइल तयार गर्दै प्रहरी

<span class='c1'>मोरङका ‘डन र तस्कर’को</span> <span class='c2'>प्रोफाइल तयार गर्दै प्रहरी</span>

विराटनगर । मोरङ प्रहरीले विवादित विगत भएका र गुण्डागर्दी तथा तस्करीमा नाम कमाएकाहरुको प्रोफाइल तयार पार्न थालेको छ । जिल्लाभरका इलाका प्रहरी कार्यालयसम्मबाट अपराधिक कार्यमा संलग्न गुण्डागर्दी र खुल्ला सीमानाकाबाट तस्करीमा संलग्नहरुको प्रोफाइल तयार पार्न थालेको हो ।

प्रहरीले अवैध आयात गरेर कारोबार गर्दै आएका केहि व्यापारीलाई समेत यो सूचिमा राखेको छ । प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार गत असार ७ गते मातहतमा निर्देशन गर्दै डन र तस्कर प्रोफाइल तयार पार्ने काम सुरु गरिएको हो ।

प्रहरीको यो अभियानसँगै विराटनगरमा विवादित विगत भएका पुष्पलालचौकका बिमल भट्टराई परेका थिए । उनलाई प्रहरीले पक्राउ गर्ने भनेपछि फरार छन् । त्यसपछि अर्का डन अभिषेक गिरीलाई प्रहरीले शनिबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले सीमा क्षेत्रमा तस्करको साम्राज्य चलाउनेदेखि सामाजिक रुपमा गुण्डागर्दीको साम्राज्य चलाउनेसम्मको नाम र फोटो फायलिङ्ग सुरु गरेको हो । प्रवक्ता मिश्रका अनुसार यसरी तयार पारिएको प्रोफाइलको आधारमा उनीहरुमाथि निगरानी गरिनेछ । त्यसपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिनेछ ।

यसरी अनुसन्धान गरिनेमा मिटरब्याजी, सट्टेबाजी समेत रहेका छन् । विगतमा व्यक्ति नियन्त्रणमा लिएर कुटपिट गर्ने र प्रहरीमा मुद्दा पुगेपछि मिलापत्रका काममा जोगिने समेत प्रहरीको निगरानीमा रहेका छन् । विराटनगरमा किरण लामादेखि रोनाल कँडेलसम्मको आ–आफ्नो विवादित विगत रहेका छन् । त्यस बाहेक अभिषेक गिरी, बिमल भट्टराईसँग जोडिएको समूहका सदस्यहरु छन् ।
प्रहरीले असार ७ गतेदेखि सुरु गरेको प्रोफाइलिङ्ग अनुसार हालसम्म गिरी पक्राउ परेका छन् । उनी कैदीबन्दीलाई वितरण गर्ने भत्ता असुलेको आरोपमा पक्राउ परेका हुन् । त्यस बाहेक उनी विरुद्ध सम्पति शुद्धीकरणमा अनुसन्धान गर्ने तयारी गरिएको छ । यसैगरी अर्का बिमल भट्टराइलाई प्रहरीले नियन्त्रण प्रयास गरेको थियो । उनले मात्रिका बास्तोलालाई हातहात गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्