विराटनगरका जुवाडे–मिटरब्याजे, गुण्डागर्दी र सट्टेबाजदेखि सीमा तस्करसम्म निगरानीमा

<span class='c1'>विराटनगरका जुवाडे–मिटरब्याजे, गुण्डागर्दी र</span> <span class='c2'>सट्टेबाजदेखि सीमा तस्करसम्म निगरानीमा</span>

विराटनगर । कोशी प्रदेशमा नेपाल प्रहरीले विवादित पृष्ठभूमि र अपराधिक विगत भएका व्यक्तिहरुमाथि सुक्ष्म निगरानी र सम्पती शुद्धीकरण मुद्दामा अनुसन्धान केन्द्रीत गरेको छ । विगतका आपराधिक गतिविधिबाट सम्पति आर्जन गरी त्यसलाई वित्तीय प्रणालीमार्फत वैध बनाएको हुनसक्ने संभावित अवस्थालाई लक्षित गर्दै त्यस्ता व्यक्तिमाथि निगरानी र अनुसन्धान सुरु गरिएको हो ।
अनुसन्धानमा क्यासिनोमा धाइरहने जुवाडे, अनाधिकृत रुपमा पैसाको ब्याज असुल्ने मिटरब्याजी, गुण्डागर्दी गरेर सम्पति आर्जन गरेर राजनीतिमा लाग्नेहरु, सट्टेबाजको काम गर्ने अनलाइन बेटिङ चलाउने र सीमाबाट निरन्तर तस्करी सञ्चालन गर्नेसम्म निगरानीमा परेका हुन् । जसअन्तर्गत विगतमा गुण्डा परिचालन गरेर अवैध सम्पति आर्जन गर्ने नेता समेत सम्पती शुद्धीकरणको मुद्दामा पक्राउ पर्ने संभावना देखिएको छ ।

कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआजी) बिनोद घिमिरेका अनुसार प्रहरीले सम्पति शुद्धीकरणसँग सम्बन्धित मुद्दाको अनुसन्धान गर्ने अधिकार प्राप्त गरेपछि नेपाल राष्ट्र बैंकले अभिमुखीकरण कार्यक्रम गराइसकेको छ । सम्पती शुद्धीकरणसँग सम्बन्धित कसुर अनुसन्धानमा जनशक्ति तयार भएसँगै कोशी प्रदेशका मुख्य तीन जिल्लालाई विशेष केन्द्रीत गरिएको छ । जसअनुसार झापा, मोरङ र सुनसरीमा लागुऔषध ओसारपसार र कारोबारमा संलग्न व्यक्ति, मिटरब्याज र त्यहाँबाट अवैध असुलधन्दा चलाउने व्यक्ति, हातहतियारको कारोबार गर्ने व्यक्तिदेखि विगतको पृष्ठभूमि अपराध भएको तर अहिले राजनीतिमा सक्रिय रहेको व्यक्तिसम्मका हकमा प्रहरीले प्रोफाइल तयार पारिरहेको हो ।

प्रहरीले त्यस्ता व्यक्तिलाई केन्द्रीत गरेर मार्किङ गर्नेदेखि, प्रोफाइलिङ र शंकास्पद कारोबारमा आरोपित रहेकाहरुलाई नियन्त्रणमा समेत लिन थालेको हो । पछिल्लो एक हप्तामा मात्रै अनलाइन बेटिङ चलाउनेहरुको एउटा समूह नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको, सीमामा लागुऔषध कारोबारमा संलग्न विरुद्ध स्वीप अप्रेशन चलिरहेको र अपराधिक पृष्ठभूमि भएकाहरुलाई नियन्त्रणमा लिने काम भइरहेको डिआईजी घिमिरे बताएका छन् ।

प्रहरीले सम्पती शुद्धीकरणको मुद्दामा विगतमा दुई करोड बिगो ठहर भएका व्यक्तिहरुको हकमा समेत पुनःअनुसन्धान गर्ने गरी तयारी गरिरहेको हो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार त्यस्ता मुद्दामा अनुसन्धान गर्नका लागि अहिले विगतमा डन भनेर चिनिएका व्यक्ति, गुण्डाराज चलाउने व्यक्ति, सीमाबाट अवैध आयात–निर्यातमा संलग्न व्यक्तिमाथि निगरानी गर्न छुट्टै टोलि परिचालन गरिएको छ । त्यहि सिलसिलामा विराटनगरका दुईजना व्यक्ति विरुद्ध अपराधिक लाभ, सम्पती शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी थालिएको हो । जसमध्ये अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य जारी राखेको छ । यसैगरी विराटनगरका अर्का गुण्डा बिमल भट्टराई विरुद्ध पक्राउ पूर्जी जारीभएपछि उनी फरार रहेको प्रहरी उपरीक्षक कटुवालले जानकारी दिएका छन् । यी दुवैको विगत विवादित पृष्ठभूमि हो भने, दुवैजना कर्तव्य ज्यान मुद्दामा कैद भुत्तान व्यक्ति हुन् ।

यस बाहेक प्रहरीले विगत अपराधिक पृष्ठभूमि भइ अहिले राजनीतिमा सक्रिय रहेका विराटनगरका अन्य केहि व्यक्तिको समेत प्रोफाइल तयार पारिरहेको छ । जसमा कहलिएका डन भनेर अंतिक भईसकेका र सम्पति सुद्धिकरणमा समेत मुद्दा चलिसकेका नेकपा एमालेका नेता पर्शुराम बस्नेत समेत पर्नेछन् । त्यस बाहेक त्यसबेला उनीसँग निकट भएका अन्य युवा संघमा आवद्धहरु अहिले विराटनगरका विभिन्न स्थानमा घरजग्गा तथा सम्पति जोडेकाहरु समेत छन् ।

सम्पती शुद्धीकरण, आतंककारी कार्यमा तथा आमविनाशको हतियार प्रसारमा वित्तीय लगानी बढेको भन्दै नेपाललाई एफएटीएफको सूक्ष्म निगरानी भनिने ‘ग्रे लिस्ट’ मा राखिएको छ । जसमा देशभित्र सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीको जोखिम देखाइएको छ । यसले अहिले राष्ट्रिय चासो लिइरहेको बेला प्रहरीले भने धेरैलाई लक्षित गर्दै अनुसन्धान तयारी थालेको हो ।
कोशीका डिआईजी घिमिरेले ‘विगत नामुद वर्तमान साधु’ देखिनेहरु समेत निगरानीमा रहेको बताउँदै भने–बैंकमार्फत सम्पती शुद्धीकरण गराएर त्यसको लगानी कहाँकहाँ र कसरी भइरहेको छ ? भन्ने कुरा हामीले अनुसन्धान गर्ने हौं । वित्तीय अपराधमा जानकारसँग समेत परामर्श गर्नेतहसम्म प्रहरी रहेको छ । अपराधबाट आर्जन गरेको सम्पति बीमामा, घरजग्गा वा सुनचाँदी कारोबारबाट वैधानिक कसरी भएको छ ? भन्ने यकिन गरिनेछ । जुन प्रहरीले अहिले देशका लागि राष्ट्रियव्यापी अभियान चलाउन आवश्यक ठानेको छ ।

प्रहरीले अहिले क्यासिनो (जुवा घर)मा पुग्नेदेखि विगतमा भएका सबै असुलीमा संलग्नलाई लक्षित गरेको हो । मोरङका प्रहरी उपरीक्षक कटुवालका अनुसार सम्पत्ति शुद्धीकरणका कतिपय विषय जटिल तथा प्राविधिक हुने भएकोले अनुसन्धानलाई निष्कर्षमा पु¥याउन थप परामर्श समेत भइरहेको बताउँछन् । विगतका अनुसन्धान प्रतिवेदनमा भएका त्रुटीलाई समेत सच्याउने गरी अहिले प्रहरीले तयारी गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्